Home » » सुरजको 'उफ यो मन'

सुरजको 'उफ यो मन'

Written By ram dhakal on Friday, February 11, 2011 | 3:40 AM

नायिका पूजा चन्दका पूर्व पती सुरज चन्दले करिब ६ बर्ष अगाडी देखि दर्ता गरेको 'उफ यो मन' 'नामक चलचित्र निर्देशन गर्ने भएका छन् । चलचित्रको बिहिबार दोलखा स्थित भिमसेनस्थानमा मुहुर्त गरियो ।


किनारा सहित केहि टेलिसिरियल निर्देशन गरेका निर्देशक सुरजले नायिका चन्द नेपाल हुँदै सो चलचित्र निर्देशन गर्ने सोच बनाएका थिए तर बिबिध कारणले गर्दा करिब ६ बर्षपछि 'उफ यो मन'  नामको चलचित्र निर्देशन गर्दैछन् ।  रोयल क्राउन इन्टरटेन्मेन्टको प्रस्तुती रहेको सो चलचित्रमा अजय श्रेष्ठ, अशोक फुँयाल, मंजया लगायतका कलाकारको अभिनय रहने छ ।

सुबास थापा र करनवीर मालाकारको निर्माणमा बन्न लागेको सो चलचित्रमा सुबास सिंह बस्न्यातको कथा रहेको छ । चलचित्रको छायाँकन फाल्गुनको अन्तिम साताबाट गरिएको निर्माण युनिटले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger