Home » » बन्दुक बोकेर राष्ट्रपति भवनमा लोकेन्द्र

बन्दुक बोकेर राष्ट्रपति भवनमा लोकेन्द्र

Written By ram dhakal on Thursday, February 10, 2011 | 3:59 AM

काठमाण्डौं सडक चोकमा आजभोली एक पोष्टर टाँसिएको छ जहाँ राष्ट्रपति भवन शितलनिवासअघि एक खाइलाग्दा मान्छे बन्दुक ताकेर उभिएको छ । तर ती बन्दुकधारी वर्दिवाल सैनिक भने हैनन् ।
चलचित्र शासनको यो पोष्टरमा प्रयोग भएको राष्ट्रपति भवनले सडक बटुवाको ध्यान तानेपनि त्यसको प्रयोगबारे सम्बन्धीत निकायको ध्यान गएको देखिन्न ।
राष्ट्रका संबेदनशिल स्थानको सार्बजनिक प्रयोग गर्न हुने कि नहुने भन्ने एकातिर छ भने त्यसको प्रयोगले दिने सन्देश के होला भन्ने पनि ख्याल पुर्‍याउनुपर्ने हुन्छ । चलचित्र शासन राजनीतिक बिषयवस्तुमा आधारित भएपनि राष्ट्रपति भवनमा एक बन्दुकधारीको कब्जा भएको देखिनुले के सन्देश जान्छ ? यसबारेमा चलचित्र निर्माता र सरकारी निकाय सेन्सरबोर्ड पनि सचेत भएको देखिदैन् ।
तर, यसबारेमा चलचित्रका निर्माता लोकेन्द्र कार्कीको भनाई भने अर्कै छ । उनले भने- हामीले राष्ट्रपति भवनभित्रै फिल्म पनि सुटिङ गरेका छौं, बिषयवस्तु पनि राजनीतिक छ, त्यसैले पोष्टरमा भवनको प्रयोग हुँदा केही फरक पर्दैन् । उनले शितलनिवासमात्र हैन, नेपाली सेनाको सैनिक अदालतमा समेत सुटिङ गरिएको दावी गरे ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger