Home » » ब्याच नम्बर १६ लाई अरबिटको सहयोग

ब्याच नम्बर १६ लाई अरबिटको सहयोग

Written By ram dhakal on Tuesday, February 1, 2011 | 10:34 AM


वैदेशिक शिक्षा अध्ययन गर्न विभिन्न  सेवा प्रदान गर्दै आएको अरबिट ग्रुपले चलचित्र  'ब्याच नम्बर १६' लाई करिब दर्जन  होर्डिङ्ग बोर्डमा सहयोग गरेको छ ।


 उपत्यकाको थानकोट देखि राजधानीमा मुख्य चौकमा सो चलचित्रको ठूला बोर्डमा अरबिट ग्रुपले  चलचित्रको प्रमोशनका लागि सघाएको हो  । 'राज्यले नेपाली चलचित्रहरूलाई उत्थान गर्न नसकेको अवस्थामा सानो सहयोग भएपनि हाम्रो तर्फबाट यो चलचित्रलाई होडिङ्ग बोर्डमा सहयोग गरेका हौ । ' अरिबट ग्रुपका मिडिया एड्भाइजर सेश राज भट्टराईले भने ।   जस अनुरूप उक्त चलचित्रको पहिलो होर्डिङबोर्ड संविधानसभा भवन नयाँ बानेश्वरको मुख्य सडक पेटीमा राखिएको छ ।  आगामी फागुन १३ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको सफलताको लागि मात्र नभई अन्य नेपाली चलचित्रलाई  उत्थान गर्ने हिसावले यो अभियान सुरू गरिएको अरबिटको भनाई छ ।

 पिताम्बर पाण्डे निर्देशित उक्त चलचित्र एक्सन तथा थ्रीलर विषय बस्तुमा निर्माण गरिएको छ । 'यसरी सानो कुरामा सहयोग गरेकोमा  हामी पनि खुशी छौ ' निर्देशक पाण्डेले अरबिटले  गरेको  सहयोग प्रतिक्रिया दिएकाछन् । साईलेन्स इन्टरटेनमेण्टको प्रस्तुतीमा सुरेन्द्र पौडेल ले निर्माण गरेको सो चलचित्रमा सुमन सिंह, रुवी भट्टराई, सुष्मा कार्की, ममता प्रधान लगायतले अभिनय गरेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger