Home » » राजकुमारले निम्त्याए बिबाद

राजकुमारले निम्त्याए बिबाद

Written By ram dhakal on Thursday, February 10, 2011 | 3:55 PM



नेपाल चलचित्र निर्माता संघमा संघका अध्यक्ष राजकुमार राईले निकै ठूलो बिबाद उत्पन्न गराएको खुल्न आएको छ । जुन बिबादले अहिले संघमा निकै खैलाबैला मच्चाएको छ ।


चैत्र महिनामा हुन लागेको नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा हरेक पेशाकर्मी संघसंस्थाबाट एक जना प्रतिनिधी जान पाउने व्यवस्था रहेकोले निर्माता संघको तर्फबाट अध्यक्ष राईले आफ्नो एकल निर्णय गरी संघका सल्लाहकार रमेशजंग रायमाझीलाई सिफारिस गरेका थिए । सिफारिस गरेको केहि दिनमा अध्यक्ष राईको उपस्थितीमै संघको कार्यसमितीको बैठकले डिसिएनका महाप्रबन्धक अशोक शर्मालाई पनि सिफारिस गर्यो । तर राईले आफ्नो एकल निर्णयमा रायमाझीलाई सिफारिस गरेको कुरा सो बैठकमा उल्लेख गरेनन् । अध्यक्ष राईले रायमाझीलाई सिफारिस गरेको कुरा उल्लेख नगरी समितीको बैठकबाट शर्मालाई निर्वाचनमा पठाउने निर्णय गरेको कुरा रायमाझीले थाहा पाएपछि अहिले यो बिषयले निकै गम्भिर रूप लिएको छ ।

एक जना मात्र प्रतिनिधी पठाउनु पर्नेमा राईले दुई जनालाई सिफारिस गरेपछि अहिले सो निर्वाचनमा को जाने भन्ने बारे निकै ठूलो बहस बनेको छ । बुझ्नमा आए अनुसार अध्यक्ष राईले अशोक शर्मासँग बिगत लामो समय देखि बिग्रेको सम्बन्धलाई सुधार गर्न र अर्को निर्माता संघ नफुटोस् भन्न रायमाझीलाई धोका दिई शर्मालाई सिफारिस गरेका हुन् । यता निर्माता रायमाझी भने अध्यक्ष गैर जिम्वेवार भएको भन्दै आफूले संघको सल्लाहकार समितीबाट राजिनामा दिने समेत बताएका छन् ।

यसरी बिबाद उत्पन्न भएपछि सो बिबादलाई टुङ्ग्याउन छिट्टै नै कार्यसमितीको बैठक बस्ने भएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यदि यि दुई बिच सहमती नभए बाणिज्य महासंघको निर्वाचनमा पठाउन अर्को नयाँ निर्मातालाई चयन गरिने भएको छ । कतै 'भाई फुटे गवांर लुटे' भन्ने उखान लागु त हुने हैन ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger