Home » » चलचित्रमा नायिकाको कथा

चलचित्रमा नायिकाको कथा

Written By ram dhakal on Thursday, February 10, 2011 | 3:57 PM


प्रदर्शनको तयारीमा रहेको चलचित्र 'श्रीमान्' मा नेपाली नायिकाको कथालाई समेटिएको बताईएको छ । युनिटको भनाई अनुसार सो चलचित्रमा नेपाली चलचित्र क्षेत्रमा कार्यरत नायिकाको
कथालाई पर्दामा उतारिएको छ । आखिरमा कुन नायिकाको कथालाई पर्दामा उतारिएको छ त ? युनिट भन्छ, 'त्यसको लागी त चलचित्र नै हेर्नुपर्छ ।'

श्रीमान्/श्रीमतीले आपसी समस्या तथा एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र 'श्रीमान्' लाई नायक कल्याण घिमिरेले निर्माण गरेका हुन् । नवल नेपालको निर्देशनमा बनेको सो चलचित्रमा कल्याण घिमिरे, पूजना प्रधान, पुष्पराज पुरुष, नीर शाह, सुनिल थापा लगायतको अभिनय रहेको छ ।

चलचित्रमा महेश खड्काको संगीत, दिव्य सुवेदीको छायांकन, राजु शाहको नृत्य-निर्देशन र शिव पुरी एवं अरुण शर्माको सम्पादन रहेको छ ।  चलचित्रमा पटकथा र संवाद निर्देशक स्वयंको रहेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger