Home » » भट्टीको डबिङ शुरू

भट्टीको डबिङ शुरू

Written By ram dhakal on Friday, February 4, 2011 | 3:39 AM


चैत्र २५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्र 'मालतीको भट्टी' को शुक्रबारबाट डबिङ कार्य शुरू गरिएको छ ।  राजधानीको अनामनगर स्थित
सफ्ट इमेजमा नायक जीवन लुईटेलले सो चलचित्रको डबिङ शुरू गरेका हुन् ।

जीवन पछि सो चलचित्रकी नायिका नन्दिताको डबिङ गरिने योजना बनाएको निर्माण पक्षले जनाएको छ । चलचित्रको शिर्ष भुमिकामा देखिएकी नायिका रेखा थापा अहिले अष्ट्रेलियामा रहेकाले उनको डबिङ भने केहि ढिला हुने भएको छ । काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'मालतीको भट्टी' मा जीवन, रेखा र नन्दिताको साथमा अयुव केसी, सुनील थापालगायतको पनि अभिनय रहेको छ ।

प्रदिप उदयको प्रस्तुतीमा गणेश देव पन्तले निर्देशन गरेको सो चलचित्रलाई गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गरेका हुन् भने चलचित्रमा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, रेनाशा राईको नृत्यनिर्देशन तथा कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger