पछिल्लो समयमा कुनै पनि चलचित्रले राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा शासनले राम्रो व्यापार गरेपछि खुसी हुनु स्वाभाविक नै हो । हिन्दी चलचित्र प्रदर्शन हुँदै आएको बिग सिनेमामा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुनु र हिन्दी चलचित्रको भन्दा राम्रो व्यापार गर्नुले चलचित्रले राम्रो सफलता पाउने संकेत देखाएको छ ।
बिग सिनेमामा शुक्रबार नै रिलिज भएको हिन्दी चलचित्र 'पटियाला' भन्दा शासनको कलेक्सन माथी रहेको बितरक सुनिल मानन्धरले फिल्मीखबरलाई जानकारी दिए । लोकेन्द्र कार्कीको साथमा रेखा थापा, सञ्चिता लुईंटेल, नीर शाह, हरिहर शर्मा, धीरेन शाक्य, सम्राट सापकोटा, मुकुन्द श्रेष्ट लगायतको अभिनय रहेको सो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ !
No comments:
Post a Comment