Home » » फाल्गुनमा 'भैहाल्छ नि'

फाल्गुनमा 'भैहाल्छ नि'

Written By ram dhakal on Friday, February 11, 2011 | 10:19 PM


मार्‍यो नि मायाले मार्‍यो नामक चलचित्र निर्देशन गरिसकेका निर्देशक एम. एस. अग्रजले दोस्रो प्रोजेक्ट अन्तर्गतको चलचित्र 'भैहाल्छ नि' निर्देशन गर्ने भएका छन् ।
कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा रमेश पाण्डे र दिनेश अधिकारीले निर्माण गर्न लागेको सो चलचित्रको कथा पनि निर्देशक स्वयंकै रहेको छ ।
पूर्ण रूपमा हाँस्य तथा सन्पेन्स थ्रिलर चलचित्र भनिएको सो चलचित्रमा सुमन सिंह, गरिमा पन्त, सोनिया केसी, सुनिल थापा, कमलकृष्ण, सुवासजंग कार्की, आसान्तको मुख्य अभिनय रहने भएको छ भने नयाँ प्रस्तुतीको रूपमा बिशाल पोखरेलले अभिनय गर्दैछन् ।

यादव गोबिन्दको संगीत रहने सो चलचित्रको अहिले राजधानीको कमलपोखरी स्थित ए वान म्युजिकमा संगीतको काम भईरहेको छ । चलचित्रमा हरि हुमागाईंको छायाँकन, दिनेश अधिकारिको नृत्यनिर्देशन तथा रोशन श्रेष्ठको द्वन्दनिर्देशन रहने छ । चलचित्रको छायाँकन फागुनको तेस्रो साताबाट हुने बताईएको छ 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger