Home » » ऋचाको ब्रेक फेल

ऋचाको ब्रेक फेल

Written By ram dhakal on Monday, February 7, 2011 | 3:58 PM

नायिका ऋचा घिमिरेले निर्माण गर्न लागेको पछिल्लो चलचित्र 'ब्रेक फेल' को शुभ साइत माघ २५ गते मंगलबार दिउँसो गर्ने भनेर उनले निमन्त्रणा पत्र छपाईन् । सो निमन्त्रणा
पत्र अहिले थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीको हात-हातमा पुगेको छ । तर उनले पठाएको सो निमन्त्रणा पत्रमा चलचित्रको नाम नै गलत भेटिएको छ । गाडीको तस्विर सहित छपाएको सो निमन्त्रणा पत्रमा चलचित्रको नाम BRAKE FAIL हुनु पर्नेमा BREAK FAIL छापिएको छ ।

अंग्रेजीमा BREAK को अर्थ तोड्नु, भाँचिनु हुन्छ भने BRAKE को अर्थ यन्त्रचालनकल अर्थात गाडीको गतीलाई रोक्न प्रयोग गरिने एक यन्त्र भन्ने बुझिन्छ । नायिका ऋचाले निर्माण गर्न लागेको चलचित्र 'ब्रेक फेल' ले गाडीको ब्रेक फेल भन्ने अर्थ दिन्छ तर उनले छपाएको सो निमन्त्रणा पत्रमा छापिएको नामले भने के अर्थ दिन्छ सायद कसैलाई थाहा छैन होला । किनकी BREAK र FAIL ले छुट्टा छुट्टै अर्थ दिन्छन् तर यसको संयुक्त अर्थ भने शब्दकोशमा कहिं कतै भेटिदैन ।

नायिका घिमिरेकै श्रीमान् शंकर घिमिरेले निर्देशन गर्न लागेको सो कमेडी चलचित्रको नाममा नै यत्रो ठूलो गल्ती भेटिएपछि अहिले घिमिरे दम्पत्ती निकै तनावमा छन् । कारण उनीहरूले छपाएको निमन्त्रणा पत्र अहिले सबै सञ्चारकर्मी र चलचित्रकर्मीको हातमा पुगी सकेको छ भने आजको मुहुर्त समारोहमा राखिने पोस्टरमा पनि सोही गलत नाम छापिएको छ । निमन्त्रणा पत्र सच्याउन नपाए पनि उनीहरूले मुहुर्त समारोहमा राखिने पोस्टरको नाम भने सच्याउने भएका छन् ।

हुनत मान्छेले जानेर नजानेर थुप्रै गल्ती गरेको हुन्छ । तर पनि आफूलाई निकै होसियार र पढेकी सम्झने नायिका ऋचाले निर्माण गर्न लागेको सो चलचित्रको नाममा नै गल्ती भेटिएपछि उनलाई हामीले के भन्ने ? के नायिका घिमिरेको दिमागको ब्रेक अहिले फेल भएको हो त ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger