Home » » राजधानीमा स्वर

राजधानीमा स्वर

Written By ram dhakal on Friday, February 4, 2011 | 2:07 PM

गत सातादेखि राजधानी बाहिरका हलहरुबाट प्रदर्शन भएको स्वर चलचित्र शुक्रबारबाट राजधानीका हलहरुमा पनि लागेको छ ।  जयनेपाल, अष्टनारायण,
गोपी, गुण लगायतका सिनेमा घरमा यो चलचित्र प्रदर्शन भएको छ । चलचित्रको गत बुधबार जयनेपाल हलमा प्रिमियर गरिएको थियो ।

एमआरएस फिल्म्सको ब्यानरमा प्रसन्न पौडेलले निर्देशन गरेको 'स्वर' मा राजबल्लभ कोइराला, केकी अधिकारी, बेनिषा हमाल, रिमा विश्वकर्मा, एसराज, अमित पोखरेल, जोएस पाण्डे, सुनिल थापा, तृप्ती नाडखर आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । सुगम पोखरेल तथा सत्य-स्वरूपराज आचार्यको संगीत, अच्यूत अधिकारीको कथा रहेको सो चलचित्रका गीतहरू अञ्जु  पन्त, थुप्देन भुटिया, सत्य-स्वरुप तथा सुगम पोखरेलले गाएका छन् । चलचित्रका सबै गीत भूपेन्द्र  खड्काले रचना गरेका हुन् ।

सांगीतिक विषय समावेश गरिएको यो  चलचित्रमा सात जना युवाको कथा चित्रण गरिएको छ । राजधानी बाहिरका सिनेमा घरमा दर्शकको राम्रो प्रतिक्रिया पाएको सो चलचित्रले राजधानीमा पनि दर्शकको राम्रो प्रतिक्रिया पाउने आश गरिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger