Home » » दर्शकसँग मह जोडी

दर्शकसँग मह जोडी

Written By ram dhakal on Wednesday, December 1, 2010 | 7:50 PM


धेरै समय भयो दर्शकहरू हाँस्न नपाएको र धेरै बर्ष भयो मह जोडी ( हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ) लाई ठूलो पर्दाको चलचित्रमा देख्न नपाएको अनि मह जोडीसँग बसेर चलचित्र हेर्न नपाएको । बर्षौं देखि मह जोडीसँग चलचित्र हेर्ने दर्शकको धोको अब पूरा हुँदैछ । यानकी आगामी शुक्रबार बिहान ११ बजे गोपीकृष्ण हलमा आयोजना हुन लागेको चलचित्र 'हाँसि देउ एक फेर' को प्रिमियरमा यो जोडी दर्शकसँग बसेर चलचित्र हेर्नेछन् ।

लामो समयपछि ठूलो पर्दाको चलचित्रमा अभिनय गरेको यो जोडीले आफूले गरेको अभिनय र नेपाली चलचित्रको बारेमा प्रतिक्रिया लिन पनि उनीहरू सो चलचित्रको प्रिमियरमा सहभागी हुन लागेका हुन् । प्रिमियरमा मह जोडीको साथमा सोही चलचित्रमा अभिनय गर्ने अन्य कलाकार, प्राबिधिक, चलचित्रकर्मी र सञ्चारकर्मीको सहभागीता रहने छ । प्रिमियरमा सहभागी हुन आउने सम्पूर्ण अतिथी तथा दर्शकहरूलाई भक्तपुरको प्रख्यात धिमे बाजाले स्वागत गरिने चलचित्रका निर्माता राजेश स्वंगमिखाले फिल्मीखबरलाई जानकारी दिए ।

शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शन हुन लागेको यो चलचित्र राजधानिका बिश्वज्योती, गंगा, गोपीकृष्ण, गुण, कलंकी, बाराही, अष्टनारायण लगायतका दर्जन भन्दा बढी हलमा प्रदर्शन हुँदैछ भने उपत्यका बाहिर पोखरा, नारायणगढ, बुटवल, हेटौंडा, धरान, नेपालगञ्ज र दाङमा पनि प्रदर्शन हुँदैछ ।

शिव रेग्मीको निर्देशनमा बनेको यो चलचित्रलाई रमेश त्वायना र राजेश स्वंगमिखाले निर्माण गरेका हुन् । चलचित्रमा महजोडीको साथमा राजबल्लभ कोईराला, स्वेता खड्का, सुशिल क्षेत्रीलगायतका करिब एक दर्जन हाँस्यकलाकारको अभिनय रहेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger