Home » » तामाङ चलचित्र महोत्सव हेटौडामा

तामाङ चलचित्र महोत्सव हेटौडामा

Written By ram dhakal on Thursday, December 2, 2010 | 2:38 PM


पहिचानका लागि संस्कृति, संस्कृतिका लागि चलचित्र भन्ने मूल नाराका साथ यहि आउँदो पुस २ र ३ गते हेटौडाको पल्पसा सभाहलमा तामाङ चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

आयोजक तामाङ चलचित्र संघले बिहिबार एक पत्रकार सम्मेलन मार्फत ६० प्रतिशत तामाङ बाहुल्यता भएको स्थानमा चलचित्र महोत्सव गर्दा तामाङ चलचित्रको प्रवर्द्धन हुने भन्दै हेटौडाका तामाङ समुदायलाई लक्षित गर्दै सो महोत्सव गर्न लागेको हो । दुई दिने उक्त महोत्वमा १४ मिनेट देखि २ घण्टा ३० मिनेट सम्मका ५ वटा चलचित्र देखाईनुको साथै आईफाले निर्माण गरेको 'पसिनाले सिचिएको भूमि' नामक बृत्तचित्र समेत देखाईने भएको छ ।

अप्रतियोगात्मक उक्त महोत्सवमा दर्शक छनौटको आधारमा एक चलचित्रलाई भने मानध्वज लामा दर्शक छनौट पुरस्कार प्रदान गरिने संघले जनाएको छ । मानध्वज लामा नेपालको पहिलो तामाङ चलचित्र मेन्दोला मायाका निर्माता हुन् । २०५३ यता नेपालमा ४० वटा तामाङ भाषाका चलचित्र निर्माण भएपनि छनौटको आधारमा ५ चलचित्रलाई महोत्सवमा सहभागी गराईएका छ । जसमा सुकुमाया मोक्तानको पोङ, केवी घिसिङको ह्याङला, सदीप दोङको हृयुल्ला, माया राम जनकको दोर्जेला नाङ र सुजन लामाको गोदेवा रहेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger