Home » » सचिव पदबाट दर्पणको राजिनामा

सचिव पदबाट दर्पणको राजिनामा

Written By ram dhakal on Friday, December 3, 2010 | 2:35 PM

चलचित्र निर्देशक समाजको सचिव पदबाट निर्देशक सुरेशदर्पण पोखरेलले राजिनामा दिएका छन् ।

भाद्र २६ गते भएको समाजको चुनावमा सचिव पदमा निर्बिरोध निर्वाचित भएका दर्पणले सो पदको जिम्मेवारी बहन गर्न नसके पछी शुक्रबार आफ्नो पदबाट राजिनामा दिएको बताए । उनले भने, 'कार्य व्यस्तताको कारणले समय दिन सक्ने अवस्था देखिन र पद ओगटेर बस्नु भन्दा राजिनामा दिन उपयुक्त ठानेर मैले राजिनामा पत्र पेश गरेको हुँ ।'

निर्माता संघका सचिव समेत रहेका दर्पणले आफ्नो पछिल्लो चलचित्र 'मिस यू' को कामको व्यस्तता देखाउँदै राजिनामा दिएका हुन् । तर उनले निर्माता संघको सचिव पदबाट भने रजिनामा दिने सोच नबनाएको बताए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger