हाँसि देऊ एक फेरलाई आफ्नो आईस ब्रेक फिल्मको संज्ञा दिएका नायक राजबल्लभ कोइरालाले प्रिमियरमा हिरोइन स्वेता खड्काको साथ नपाँउदा निकै निराश हुनु पर्यो ।
काठमाण्डौको चाबहिल स्थित गोपीकृष्ण हलमा शुक्रबार बिहान आयोजित धिमे बाजा सहितको रेड कार्पेट प्रिमियरमा हिरोइन विना एक्लो भएका राजको हाउभाउ र प्रतिक्रियाहरू हेर्दा उनी निकै निराश र अन फ्रेश देखिन्थे । प्रिमियरमा सवै भन्दा छिटो पुगेका राज हल भित्र पनि सवै भन्दा ढिलो प्रवेश गरेका थिए ।

प्रवेशद्धारमा ओछ्याईएको रातो कार्पेटबाट सर्वप्रथम आफ्नै चलचित्रका मुख्य कलाकारहरूलाई हिडाईने चलन छ तर चलचित्रका मुख्य दुई पात्र हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायत उपस्थित अन्य कलाकार सवै त्यो कार्पेट हुँदै हल प्रवेश गरेको निकै बेरपछी मात्र राज, १९७४ एडिका लिड गिटारिष्ट मनोज केसीसँग हल प्रवेश गरेका थिए । फिल्म हेर्नका लागि कलाकारहरूलाई सिनेमा भवनको बीचको लवी छुट्टयाइएको थियो तर राजले बीचको लवी छाडी बायाँ पट्टी बसेका थिए ।
सुरूमै रेडकार्पेटबाट अन्य कलाकारहरू हिड्दा सञ्चारकर्मीको क्यामेराले राजलाई खोजिरहेको थियो तर समयमा उनी त्यो कार्पेटबाट नहिडिदिदा उनीमा केही तनाव भएको उपस्थित सञ्चारकर्मीहरूले मुल्याकंन गरेका थिए । हाँसि देऊ एक फेरलाई इतिहास भित्रको ऐतिहासिक चलचित्र समेत बताउदै आएका राजले प्रिमियरमा आफ्नो जोडी स्वेता नभेटाएर हो वा आफ्नो प्रेमिकालाई उनले प्रिमियरमा बोलाएर उनी अनुपस्थित भैदिदा राजको अनुहारमा तनाव देखिएको हो त्यो भने उनलाई सोध्न बाँकी छ ।
No comments:
Post a Comment