Home » » अबरूद्व 'पहिलो माया हो मेरो' को छायाँकन पुन: शुचारू

अबरूद्व 'पहिलो माया हो मेरो' को छायाँकन पुन: शुचारू

Written By ram dhakal on Friday, December 3, 2010 | 4:51 AM

क्यामरा बिग्रेको कारणले दुई दिनदेखि छायाँकन रोकिएको चलचित्र 'पहिलो माया हो मेरो' को आजबाट पुन: छायाँकन शुरू हुँदैछ । मंसिर ९ गतेदेखि पोखरामा जारी सो चलचित्रको छायाँकनका क्रममा एक्कासी क्यामराको लेन्समा गडबडी आएपछी छायाँकन रोक्नु परेको जानकारी चलचित्रका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले दिए।

पाण्डेका अनुसार आफूहरूले प्रयोग गर्दै आएको क्यामेराको जुम लेन्स र आई कन्ट्याक्ट राम्रोसँग नमिले पछि छायाँकनमा बाधा भएको हो । बिहिबार काठमाण्डौबाट प्राबिधिकलाई लगेर क्यामरा बनाए पछि आज शुक्रबारबाट छायाँकन शुचारू गरिने शंकरले बताए । रामजी लामिछानेले निर्देशन गरेको सो चलचित्रको आज गीतको छायाँकन हुँदैछ ।

रेजिस इन्टरटेन्मेन्टको ब्यानरमा रबिन्द्र श्रेष्ठ र राम महर्जनले निर्माण गरेको सो चलचित्रमा सुमन सिंह, झरना थापा, तृप्ती नाडखर, शुसिल पोखरेललगायतको अभिनय रहेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger