Home » » पुष २ गते 'कस्लाई दिउँ यो जोवन'

पुष २ गते 'कस्लाई दिउँ यो जोवन'

Written By ram dhakal on Saturday, December 4, 2010 | 8:51 AM

सुरेश दर्पण पोखरेलको निर्देशनमा भानु महर्जनको प्रस्तुती रहेको हाँस्यप्रधान चलचित्र 'कस्लाई दिउँ यो जोवन' यहि पुष २ गतेबाट राजधानीका हलहरूमा प्रदर्शन हुने भएको छ । केदार पराजुली र कृष्ण श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्र राजधानीको बिश्वज्योती र गंगा बाहेकका करिब १५ वटा हलमा प्रदर्शन हुने निर्देशक दर्पणले फिल्मीखबरलाई जानकारी दिए ।

चलचित्रको कथा अनुसार गाँउमा लागेको ऋण तिर्न शहर हानिएका दिलिप रायमाझी (घनश्याम) को भेट शहरिया युवती झरना थापा (नेहा) संग हुन्छ । पहिलो भेटमै रगतको सिन्दुर नेहाको सिंउदोमा परेपछि नेहाले घनश्याम भनेपछि मरिहत्ते गर्छन् आफ्नो ऋण चुक्ता गर्न मरिसकेको श्रीमती मेलिना मानन्धर (राधिका) लाई दिएको कसमलाई बिर्सिएर घनश्याम नेहाको साथ दिन थाल्छिन । नेहाको बुवाको हत्याको विषयलाई लिएर जब इन्सपेक्टर निखिल उप्रेती (सुर्या) लाई केश दिइन्छ तब कथाले रोचक मोड लिन्छ अझ मरिसकेकी राधिकाको रि इन्ट्रीले चलचित्रलाई थप अर्को मोड प्रदान गर्दछ अनि शुरु हुन्छ घनश्यामको दुइ चरित्र घन र श्याम । दुइ श्रीमतीलाई सम्हाल्दै ठिक्क घनश्याम त्यति बेला अवाक् बन्छन् जति बेला उनकै रुपको अर्को ब्यक्ति उसको श्रीमती सम्हाल्न आइपुग्छन् । त्यस पछि के हुन्छ त्यसको लागि भने चलचित्र नै हेर्नु पर्ने हुन्छ ।

निखिल उप्रेती, दिलिप रायमाझी, झरना थापा, मेलिना मानन्धर र सुरज आर डीको मुख्य अभिनय रहेको चलचित्र 'कस्लाई दिउँ यो जोवन' पूर्णरूपमा हाँस्यप्रधान भएको निर्देशक दर्पणले बताए । बसन्त सापकोटाको संगित रहेको चलचित्रमा सिमोस सुनुवार र शंकर बिसीको नृत्य, बिष्णु कल्पितको छायाँकन रहेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger