Home » » भ्यालेन्टाईन डेमा 'बिकज आई लभ यू'

भ्यालेन्टाईन डेमा 'बिकज आई लभ यू'

Written By ram dhakal on Saturday, December 4, 2010 | 8:52 AM


प्रदर्शनको क्रममा रहेको चलचित्र 'स्वर' बाट चलचित्रको निर्देशन यात्रा शुरू गरेका निर्देशक प्रशन्न पौडेलले आफ्नो दोस्रो प्रोजेक्ट 'बिकज आई लभ यू' को छायाँकन फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन डे को दिनबाट शुरू गर्ने भएका छन् । चलचित्र पूर्णरूपमा प्रेमकथामा आधारित रहेकोले प्रेम दिवसको अवसर पारेर छायाँकन गर्न लागिएको निर्देशक पौडेलको भनाई छ ।

करिब ७० प्रतिशत छायाँकन थाइल्याण्डको राजधानी बैंकक र बाँकि ३० प्रतिशत छायाँकन काठमाण्डौमा नै गर्ने तयारी भईरहेको सो चलचित्रमा राजबल्लभ कोईराला, बिमलेश अधिकारी र मुकेश आचार्य गरी तीन नायकले मुख्य भुमिका निर्वाह गर्ने पक्का भईसकेको छ भने नायिकाको खोजी भईरहेको छ ।

लाइफ टाईम क्रियशनको व्यानरमा निर्माण हुन लागेको सो चलचित्रको कथा अच्युत अधिकारीले लेखेका हुन् । चलचित्रमा सत्यस्वरूपको संगीत, भुपेन्द्र खड्काको गीत तथा बिदूर पाण्डेको छायाँकन रहने छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger