Home » »

Written By ram dhakal on Thursday, December 2, 2010 | 11:49 PM

आजबाट देशब्यापी प्रदर्शनमा आएको शिव रेग्मी निर्देशित चलचित्र हाँसि देऊ एक फेर हेरी सकेपछी दर्शक र केही चलचित्रकर्मीले गहभरी आशु बनाउदै फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

धिमे बाजा सहित शुक्रबार काठमाण्डौको चाबहिल स्थित गोपी कृष्ण सिनेमा भवनमा केही दर्शक, कलाकार र सञ्चारकर्मीको साथमा आयोजना गरिएको रेड कार्पेट प्रिमियरपछी चलचित्रका मुख्य नायक हरिबंशको तारिफ अधिकाशंले गरेका थिए । फिल्म हेरेर निस्किए लगत्तै नायक भुवन केसीले अगालो हाल्दै 'हास्ने भनेको चलचित्र त रूने पो रहेछ' भन्दै हरिबंशलाई बधाई दिएका थिए । भुवनले आफ्नो अभिनयको तारिफ गरेपछी स्टार हरिबंशले 'अब भुवन केसीले भने पछी त पत्याउनै पर्‍यो नि' भन्दै फिल्म राम्रो बनेकोमा खुशी समेत ब्यक्त गरे ।

तेजस्वी फिल्मस् प्रालिको ब्यानरमा रमेश कुमार त्वायानाको प्रस्तुती एवं राजेश कुमार स्वंगमिखका निर्माता रहेको उक्त चलचित्रमा हरिबंशले आफ्नो दुःख समेत विर्सिएर अरूको दुःख अन्त्य गरिदिएको तथा विग्रिएका मान्छेलाई सपारेको दृश्य समेटिएकाले एक अल्लारे युवकले मलाई पनि सुधारिदिनु पर्‍र्यो भन्दै हरिबंशलाई सिनेमा हलमै आग्रह गर्दै थिए । त्यस्तो अग्रह दर्शकबाट आएपछी हरिबंशले राम्रो काम गर्नु भन्दै ती युवकलाई आस्वाशन दिएका थिए ।

हासो र रोदनले भरिएको शिक्षामूलक उक्त चलचित्र हेरिसकेपछी हरिबंश र मदनकृष्ण आफै स्तब्ध भएका थिए । फिल्मीखबरसंग कुरा गर्दै हरिबंशले भन्दै थिए 'म आफै पनि भक्कानिए ।' चलचित्रको कथा अनुसार फिल्मको अन्त्य तिर जव हरिबंशले घर छोडेर जान्छन त्यो दृश्यमा धेरै भक्कानिएको उनले बताए ।

मामा भान्जाको गहिरो प्रेम लगायत विभिन्न परिवारमा देखिएका विविध समस्यालाई समेटेर निर्माण गरिएको उक्त चलचित्रमा राजबल्लभ कोइराला, स्बेता खड्का र शुशिल छेत्री पनि मुख्य भूमिका छन् । राज हरिबंशको भान्जाको भूमिका देखिएका छन् । अभिनयमा पोख्त कलाकारहरूको प्रयोग अत्याधिक गरिएको उक्त चलचित्रको एक गीतमा नायिका ऋचा घिमिरे र गरिमा पन्तलाई अतिथि भूमिकामा देख्न पाईन्छ ।

हिमाल केसीको द्धन्द, शम्भु सापकोटाको छायाकंन तथा सुरेश अधिकारीको संगीत रहेको उक्त चलचित्रमा बसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । सम्रग चलचित्रलाई साधारण मुल्याकंन गर्दा केही पक्षलाई सुधार गर्ने स्थान भेटिएपनि चलचित्रको सुरूवातलाई जसरी कमेडी फ्लेवरमा बगाउदै अन्त्यमा ठीक विपरित दर्शकलाई रूवाउदै मन जित्न निर्देशक पूर्ण रूपमा सफल भएको देखिन्छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger