Home » » स्वरको प्रोमोशन कलेजबाट

स्वरको प्रोमोशन कलेजबाट

Written By ram dhakal on Monday, November 29, 2010 | 3:49 AM


आगामी माघ १४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारी गरेको प्रशन्न पौडेल निर्देशित चलचित्र स्वरले राजधानीका कलेजबाट आफ्नो प्रोमोशन सुरू गरेको छ ।

यसै क्रममा सोमाबर उक्त चलचित्रको पूर्ण यूनिट निम्स कलेजले आयोजना गरेको स्वागत तथा विदाई कार्याक्रममा सहभागी भई आफ्नो चलचित्रबारे विद्यार्थीहरूलाई जानकारी दिएको छ । ब्यस्तताका कारण चलचित्रका मुख्य नायक राजबल्लभ कोइराला भने अनुपस्थित उक्त पहिलो प्रमोशन यात्रामा चलचित्रकी मुख्य नायिका केकी अधिकारी, रिमा विश्वकर्मा, यसराज कार्की, निर्देशक प्रशन्न पौडेल, संगीतकार तथा गायक स्वरूराज आचार्य, गायिका इन्दिरा जोशी, गीतकार भुपेन्द्र खड्का, लगायत निर्माता त्रय मनिष राज भण्डारी, रवि लामा र सुरेन बलामी उपस्थित थिए ।

कमलादी स्थित विद्यार्थीले भरिभराउ प्रज्ञा भवनको उक्त कार्यक्रममा बोल्दै निर्देशक पौडेलले आफ्नो चलचित्र युवाबर्गलाई लक्षित गरेर बनाईएको भन्दै ओलोचनात्मक भन्दा पनि पनि मनारोञ्जनको हिसाबले हेर्न सबैलाई आग्रह गरेका थिए । अहिलेको अति ब्यस्त र चर्चित म्यूजिक भिडियो र्डाईरेक्टर पौडेलको यो पहिलो फिल्म हो जसलाई उनी निकै महत्वकाछी समेत भन्दै आएका छन् ।

एमआरएस मुभिजको ब्यानरमा पूर्णतया सागीतिक प्रेम कथामा आधारित उक्त चलचित्रको दुईवटा नयाँ र तीन वटा पूरानो प्रोमो विद्यार्थीहरूलाई देखाइनुको साथै चलचित्रको न्यूलुक पोष्टरपनि बिद्यार्थीहरूलाई बाडिएको थियो । आजबाट सुरू स्वरको कलेज क्याम्पियन यात्रा राजधानीका अधिकाश प्लस टू कलेजहरूमा गर्ने तयारी रहेको निर्देशक पौडेलले जानकारी दिएका छन् । यस्तै पौडेलले दिएको जानकारी अनुसार चलचित्र फरक पब्लिसिटीका लागि मोटरर्साईकल र्‍यालीको समेत आयोजना गरिदैछ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger