Home » » नवनायिकालाई एयर होस्टेस उपाधी

नवनायिकालाई एयर होस्टेस उपाधी

Written By ram dhakal on Saturday, November 27, 2010 | 8:15 AM


हाल पोष्टप्रोडक्सनको कार्यमा रहेको बद्री अधिकारी निर्देशित चलचित्र 'देशले रगत मागे' की नवनायिका काजोल खड्कालाई एयर होस्टेस उपाधी प्राप्त भएको छ ।

सिजन मिडियाको आयोजनामा शनिबार राजधानीमा आयोजना गरिएको मिस एयर होस्टेस २०१० प्रतियोगितमा सहभागी अन्य २१ प्रतियोगीलाई उछिन्दै काजोलले बेष्ट डेस अवार्ड सहित एयर होस्टेजको ताज जित्न सफल भएकी हुन् । उनलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिर्राईदिएकी थिइन् । एयर होस्टेजको ताज पहिरेपछी काजोललाई नगद रू ३५ हजार प्रदान गरिएको छ भने उनी अब अग्नी एयरमा परिचारिका समेत हुने पक्का भएको छ ।

दर्शकमाझ आईनसकेकी नवनायिका खड्काले अब कुनै पनि फिल्म नखेल्ने समेत फिल्मीखबरलाई प्रतिक्रिया दिएकी छिन् । एयर होस्टेस घोषणा भए लगत्तै अब हिरोईन बन्ने कि नबन्ने भन्ने प्रश्नमा उनले भनिन् 'अब आफ्नै प्रोफेशनलाई मात्रै अगाडी बढाउछु ।' यानकी काजोल अब नायिका भएर दर्शक माझ आउने छैनन् । अब उनले विमानमा रहेका यात्रुहरूको सेवा गर्ने छिन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger