Home » » धर्मालाई सानो भयो हल

धर्मालाई सानो भयो हल

Written By ram dhakal on Sunday, November 28, 2010 | 8:50 AM


प्रदर्शनका लागि मंसिर २४ गते समय पाएको दीपेन्द्र के खनाल निर्देशित चलचित्र धर्मालाई प्रिमियरका लागि हल सानो भएको छ । किउएफएक्स जय नेपाल र कुमारी मध्ये कुनै एकमा प्रिमियरको तयारी गरिरहेको उक्त चलचित्रकी निर्माता दुर्गा पोखरेलेको पारिवारिक पृष्ठभूमि निकै ठूलो रहेको कारण तथा सवै मिडियाका प्रतिनिधि, कलाकारलाई प्रिमियरमा सहभागी गराउने भएपछी धर्मालाई हल सानो भएको हो ।

यस्तै भर्खरै मात्र पत्तथरीको अपरेसन गरेर बेड रेष्ट गरिरहेका निर्देशक खनालले बताएअनुसार आफ्नो स्वास्थ्यको कारण प्रिमियरको पूर्ण तयारी चाहे अनुसार गर्न नसकिरहेको बताएकाछन् । उनले भने 'प्रिमियर निकै भब्य हुन्छ , तर हल सानो हुने भएकाले निकै समस्या भईरहेको छ के गर्ने ?' धर्माको प्रिमियरमा कान्तिपुर टेलिभिजनबाट लाईभ गर्ने पनि उनको तयारी रहेछ । यस्तै करिब हजारको सख्यामा विभिन्न क्षेत्रका ब्यक्तिहरू प्रिमियरमा सहभागी हुने निश्चित भएपछी विरामी दीपेन्द्र अझ चिन्तित देखिएका छन् ।

यस्तै गएको शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र बाटो मुनिको फूलले २४ गते सम्म होल्डओभर गर्ने सके दीपेन्द्रको फिल्म केही दिन पर धकेलिने छ । तर होल्डहोभर गर्न नसके उनको फिल्म २४ गते रिलिज छ । दीपेन्द्रले बताएअनुसार आफ्नो स्वास्थ्यमा चाडै सुधार भए रिलिजको अघि अघिल्लो दिन ठूलो जमघटका बीच प्रिमियर भब्य रूपमा हुने छ । स्वास्थ्यमा सुधार नभए पूर्व योजना अनुसार रिलिज पछी पनि प्रिमियर गरिछाड्ने उनले बताए ।

आष्मा फिल्मसको ब्यानरमा मनीषा कोइराला, महानायक राजेश हमाल, निखिल उप्रेती, अनु शाह आदिको मुख्य भूमिका रहेको उक्त चलचित्रमा वर्तमान नेपाली राजनीतिक अवस्था, कर्मचारी तन्त्रमा फैलिएको भष्ट्रचारको बिषयलाई बुलंद शैलीमा प्रस्तुत गरिदै राष्ट्रियताको बिषयको कथालाई जोड तोडका साथ उर्ठाईएको बताईएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger