त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको चलचित्रमा स्नातक अध्ययन गराउने कलेज ओस्कार ईन्टरनेशनल कलेजले नवआगन्तुक विद्यार्थीहरुको उपस्थितिमा ओरियन्टेशन कार्यक्रम सम्पन्न गर्यो ।
होटल शहन्शाह धापासीमा आयोजना गरिएको उक्त ओरियन्टेशन कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक यादव खरेल, कलाकार हरिहर शर्मा, निर्देशक लक्ष्मीनाथ शर्मा, छायाकार दीपक ढकाल, साउण्ड इन्जिनियर प्रदीप उपाध्याय, निर्देशक रामराजा दाहाल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । ४० जना नवआगन्तुक चलचित्रका विद्यार्थीहरुको गहकिलो उपस्थितिमा कलेजका प्रमुख डा. घनश्याक खतिवडाले त्रिभुवन विश्वविद्यालयको एकमात्र चलचित्र कलेजमा आज ४० जना भन्दा बढि विद्यार्थीहरु भर्ना हुनु नेपाली चलचित्र क्षेत्रको लागि खुसीको विषय भएको चर्चा गरे ।

मन्तव्यका क्रममा निर्देशक यादव खरेलले ओस्कार कलेजले नयाँ युग आरम्भ गर्ने गरि विद्यार्थीलाई पढाई रहेकोले अब सिनेमा क्षेत्र आशावादी रहेको विषय चर्चा गरे । नवागुन्तक विद्यार्थीहरुलाई नेपाली सिनेमा क्षेत्र र शिक्षा बारे जानकारी गराएर चलचित्र शिक्षा पछि स्तरीय सिनेमा निर्माणमा लाग्न सघाउ पु-याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा हरिहर शर्माले शिक्षा आज सबैको लागि अपरिहार्य रहेको र त्यसका लागि युवा विद्यार्थीहरु आकर्षित भएकोमा खुसि व्यक्त गरे ।
ओस्कार कलेजका लेक्चर तथा वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, दीपक ढकाल, प्रदीप उपाध्याय, डा. टिकाराम पोखरेल, भक्त पोखरेललगायतले सवै विद्यार्थीहरुलाई चलचित्र शिक्षाबारे जानकारी दिएका थिए । उक्त कार्यक्रममा चलचित्र समीक्षक एवं स्कृप्ट राईटर राजेश गोगंजुले चलचित्र शिक्षाबारे सम्पूर्ण रुपमा जानकारी प्रस्तुत गरे । उक्त कार्यक्रममा ओस्कार कलेजले प्रशिक्षक महेश दाहालले नवआगन्तुक विद्यार्थीहरुलाई नेपाली चलचित्रका लागि नेतृत्व विकास, व्यक्तित्व विकास तथा जीवन जीउने कला सँग सँम्बन्धित प्रशिक्षण दिएका थिए ।
सम्भवतः दक्षिण एशियाकै विश्वविद्यालयबाट सम्बन्ध प्राप्त एक मात्र चलचित्र कलेजले दिन भरिनै शहन्शाह होटलमा चलचित्रका ४० जना विद्यार्थीहरुलाई रमाईलो वातावरणवीच पहिलो कक्षा अर्थात ओरियन्टेशन कार्यक्रम सम्पन्न गर्यो । ओस्कार कलेजको यस शैक्षिक सत्रको कक्षा मंसिर ८ गते देखि निरन्तर शुरु हुदैछ ।
No comments:
Post a Comment