माउण्ट भ्यू मुभिज क्रियसन प्रालिको ब्यानरमा पर्सी १३ गते बाट पोखराबाट सुटिङ्ग सुरू हुन लागेको चलचित्र 'मानव'को शनिबार शुभ साईतमा बोल्दै अभिनेता खनालले चौध बर्षपछी अभिनय गर्ने मौका पाएकोमा आफ्नो पुर्नजन्म भएको प्रतिक्रिया दिएका छन् । लामो समयपछी चलचित्रमा अभिनय गर्न पाउनु आफ्नो लागि बीग च्यालेन्ज भएको भन्दै खनालले सकेसम्म राम्रो अभिनय गर्ने अठोट समेत ब्यक्त गरेका छन् ।
छोटो समयको विदामा नेपाल फर्किएका खनालले २२ दिन भित्र आफ्नो काम सकि अमेरिका जादैछन् । यस्तै निर्माण पक्षले दिएको जानकारी अनुसार खनालको कारण चलचित्रको सम्पादन कार्यपनि सुटिङसंगै हुनेछ । मानव भित्र दानवका विभिन्न रूप हुन्छन भन्ने कुरा देखाईन खोजिएको उक्त चलचित्रमा अभिनेता खनालको अलवा सुनिल थापा, केशव भट्टराई, हिउवाला गौतम, प्रज्जवल गिरि, दीपशिखा शाही, श्वेता भट्टराई आदिको अभिनय रहने छ ।
रत्न कार्कीको छायाकंन, शंकर महर्जनको द्धन्द्ध, विकास चौधरीको संगीत र अजय स्याङतानको नृत्य निर्देशन रहेने उक्त चलचित्रको कथा र गीत निश्चल श्रेष्ठले लेखेका हुन् ।
No comments:
Post a Comment