Home » » फर्कि आऊबाट सुमिना आउट

फर्कि आऊबाट सुमिना आउट

Written By ram dhakal on Tuesday, November 30, 2010 | 6:56 AM

चलचित्रमा सम्झौता गरीसकेपछि सम्झौता अनुसार काम गर्नु कलाकारको कर्तव्य हो । तर जव कलाकारले सम्झौता गरे अनुरुप काम गर्दैनन् चलचित्र वनाउनेसँग चिसोपना आउनु कुनै नौलो कुरा भने होईन ।

चलचित्र उद्योगमा उदाउदै गरेकी नायीका सुमिना घिमिरेले एक चलचित्रमा सम्झौता अनुसार काम नगरेपछि चलचित्रवाट नै हात धुनु परेको छ । फिल्मीखवरलाई प्राप्त जानकारी अनुसार यहि कात्तिक २९ गतेवाट छायांकन आरम्भ भएको चलचित्र फर्किआऊबाट अन्तिम समयमा आएर नायीका घिमिरे निकालीएकी छिन् । चलचित्रमा उनको एक गित र दश सिन समावेश थियो । तर नायीकाले फर्कि आऊसँगै चलचित्र दुलहीलाई एउटै डेट दिएपछि निर्माताले उनलाई चलचित्रबाट नै निकाली दिएका हुन् ।

चलचित्रका निर्माता बाबुराम दाहालले सम्झौता बमोजिम समय दिन नसकेकोले आफ्नो चलचित्रबाट सुमिनालाई बाईबाई गरेको फिल्मीखबरलाई बताए । चलचित्रको छायांकन प्रारम्भ हुनु भन्दा दुई दिन अघि उनी चलचित्रबाट निकालीएकी हुन् । सम्झौताको समयमा निर्माणपक्षले सुमिनालाई दिएका पच्चिस प्रतिशत पारिश्रमिक पनि उनले फिर्ता गरीसकेकी छिन् । सुमिना चलचित्रबाट बाहिरिएपछि उनको भूमिकामा नायीका सोनीया केसीलाई अनुवन्धित गरीएको छ ।

चलचित्र फर्कि आऊका लागी भनेर नायीका सुमिनाले द्धन्द पनि सिकेकी थिईन् । यही चलचित्रका लागी महानायक राजेश हमालले कपाल काटेका थिए भने नायीका निरुता सिंहले कपाल कालो गरेकी थिईन् । तर चलचित्रबाट निकालीएपछि उनको चलचित्रमा द्धन्दका दृश्य दिने सपना साकार हुन सकेन । नायीका सुमिना अहिले चलचित्र दुलहीको छायांकनका लागी चितवन पुगिसकेकी छिन् ।

चलचित्र क्षेत्रमा भविष्य खोज्दै गरेकी नायीका सुमिनाले यो चलचित्र गुमाउनु आफैमा उनका लागी पनि घाटाको कुरा हो । सुमिनाले यो चलचित्रमा पनि अभिनय गरेको भए चलचित्र प्रर्दशन अगावै उनले महानायक राजेश हमालसँग ह्याट्रिक गर्ने सौभाग्य पाउने थिईन् । यानकी उनले महानायकसँग लगातार तीन चलचित्रमा अभिनय गर्ने अवसर गुमाएकी छिन् । महानायकसँग उनले चलचित्र 'जय होस्' मा अभिनय गरीसकेकी छिन् भने चलचित्र 'दुलही' मा अहिले अभिनय गर्दैछिन् ।

जेहोस् सुमिनाको उच्च आत्मविश्वास र महत्वकांक्षी सोचाईले नायीका सोनीया केसीलाई फाईदा पुगेको छ । सुमिना जि चलचित्र उद्योगमा जम्नु छ भने अहिलेबाट नै उच्च महत्कांक्षा पाल्न छोड्ने पो हो की ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger