Home » » निर्देशक भट्टराई निर्माता बन्ने

निर्देशक भट्टराई निर्माता बन्ने

Written By ram dhakal on Monday, November 29, 2010 | 6:55 AM

मर्यादा, मौसम र अहिले नायक रेश मरहठ्ठाको बीग प्रोजेक्टको चलचित्र च्यालेन्जको पोस्टप्रोडक्सनमा ब्यस्त रहेका निर्देशक श्याम भट्टराईले आफ्नै लगानीमा चलचित्र बनाउने भएका छन् ।

पछिल्लो समय गृह जिल्ला सर्लाहीका युवायुवतीलाई चलचित्र सम्बन्धी एक महिने वर्कसप तालिम समेत दिएका भट्टराईले समापन कार्यक्रममा आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने घोषणा गरे अनुरुप यो समय उनी सो प्रोजेक्टको स्क्रिप्ट फाईनलमा ब्यस्त हुन थालेका छन् । महिलालाई आधार मान्दै स्क्रिप्ट फाईनल गरिरहेका भट्टराईले आफ्नो फिल्मको प्रस्तुती भने नायिका रञ्जना शर्माको नाममा हुने बताए । ६ महिना अघि अमेरिकामा गएकी रञ्जना उनको श्रीमती हुन् ।

भट्टराईको होम प्रोडक्सनमा बन्ने उक्त चलचित्रमा करिब ५५ लाखको बजेट छुट्टाइने तय भएको श्यामले बताएका छन् । सो चलचित्रको शुभ मुहूर्त आउदो माघ महिनाको पहिलो साता सर्लाहीमा गरिने र छायाकंन पनि लगत्तै सुरु गरिने श्यामले बताए ।

पहिलो चलचित्र मार्यादाबाट चारवटा राष्ट्रिय अवार्ड, दोस्रो मौसमबाट एउटा अवार्ड जितिसकेका श्यामले तेस्रो चलचित्र च्यालेन्जलाई भब्य बनाउनुको साथै आफ्नो चौथो निर्देशन र पहिलो प्रोडक्सन रहने नयाँ प्रोजेक्टलाई कस्तो बनाउलान् ? आशा गरौं उनको यि दुई चलचित्र अघिल्ला चलचित्र भन्दा पनि राम्रा बनुन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger