Home » » हाँस्ने र रूने दुवैका लागि हाँसि देऊ एक फेर

हाँस्ने र रूने दुवैका लागि हाँसि देऊ एक फेर

Written By ram dhakal on Sunday, November 28, 2010 | 8:38 AM


आगामी मंसिर १७ गते देखि प्रदर्शनमा आउन लागेको शिव रेग्मी निर्देशित १५औ चलचित्र हाँसि देऊ एक फेर हाँस्ने र रुने दुवै दर्शकको लागि लछित गरेर बनाईएको निर्माण पछले जनाएको छ ।

आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो चलचित्रका निर्देशक रेग्मीले फिल्मको सुरुवातका पक्षमा बरिष्ठ हाँस्य अभिनेताद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश अचार्यले दर्शकलाई हँसाए पनि अन्तमा उनीहरूले दर्शकलाई रूवाउने बताए । मह जोडीलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको उक्त चलचित्र हेरेर दर्शक हलबाट रूँदै निस्के पनि दर्शकहरूको मन भने खुसी हुने निर्देशकको दाबी छ । चलचित्रले एक आपसमा सदभाव माया र खुशीको हाँसो ब्यक्त गर्ने रेग्मीको भनाई थियो ।

सफल निर्देशकको पङक्तिमा नाम लेखाउन सफल रेग्मीले मानिस साना-साना खुशी बिर्सिएर ठूला-ठूला दुःखलाई मात्र सम्झिएर त्यसको पछी हिड्ने कुरालाई कथा मार्फत देखाउन खोजिएको बताए । यस्तै बरिष्ठ हाँस्य अभिनेताद्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले सानो पर्दामा ब्यस्त भईरहेको बेला उक्त चलचित्रमा खेल्न पाएको खुशी ब्यक्त गरे । तर उनीहरुले आफूहरुले फिल्मभर हसाउँछौं भन्ने बारे भ्रममा नपर्न दर्शकलाई आग्रह समेत गरेका छन् । आफूहरुलाई अभिनयको रिसिलो कागतीको सम्झदै हरिबंशले भने, 'कागती निचोरे जस्तै शिव रेग्मीले हामीलाई निचोर्नु भएको छ, हेरौं हामीबाट कति रस निस्कन्छ ।'


तेजस्वी फिल्मसको ब्यानरमा रमेश कुमार त्वायानाको प्रस्तुती एवं राजेश कुमार स्वंगमिखा निर्माता रहेको उक्त चलचित्रमा महजोडीको साथमा राजबल्लभ कोईराला, स्वेता खड्का, शुसिल क्षेत्री पनि मुख्य भूमिका रहेका छन् । राज, स्वेता र शुशिलले मह जोडीसँग अभिनय गर्न पाउनु आफ्नो लागि च्यालेन्जको साथै अहोभाग्य भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नायक राजले आफू कमेडी बेसको कलाकार भएकाले झण्डै २० चलचित्रको अभिनयको क्रममा हासिँ देउ एक फेरलाई आफ्नो इतिहास भित्रको ऐतिहासिक चलचित्र भएको दाबी गरे । उनले भने, 'लभर ब्यायले परिचित म आफ्नो इच्छा अनुसारको रोल गर्न पाएकोमा निकै खुशि छु । यसैगरी नायिका खड्काले पनि आफ्नो पहिलो चलचित्र 'कहाँ भेटिएल' मा भन्दा यसमा अझ राम्रो अभिनय गरेको बताईन् । उनले भनिन्, 'यो चलचित्रबाट म भर्सटाईल बन्ने कोसिस गरेकी छु ।' हुनपनि कहाँ भेटिएलामा साधारण गाउँले केटी भएर अभिनय गरेकी स्वेतालाई यो चलचित्रमा ग्ल्यामर नायिकाको रूपमा हेर्न सकिने छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger