Home » » भौतारिदै छन् उज्ज्वल

भौतारिदै छन् उज्ज्वल

Written By ram dhakal on Thursday, October 28, 2010 | 3:38 AM

निर्देशक उज्ज्वल घिमिरे यो समय निकै छटपटीमा छन् । पछिल्लो पटक आफैले निर्देशन गरेको चलचित्र छोडी गए पाप लाग्लाले सर्वोत्कृष्ट चलचित्र सहित सात विद्यामा विभिन्न अवार्ड जितेपछी प्रफुल्लित देखिनुको साथै आफुमा जिम्मेबारीको थप महसुस पनि उनले गरेका थिए ।

यो समय उनी नेपालगञ्जमा रहेको आफ्नो ससुराली घरमा छन् । दशैको टीकाको भोली पल्ट भारतको नैनीताल र लखनउ गएका निर्देशक घिमिरेले आफ्नो नेक्सट प्रोजेक्टको लागि उत्कृष्ट सुटिङ्गको लोकेशनलाई मौन रूपमा बुझिरहेका छन् । चलचित्रको नाम भने अहिले सम्म नजुर्राईएको सो प्रोजेक्टबाट निर्देशक घिमिरेले निर्माताको परिचय समेत बनाउदै छन् ।

चलचित्रको कथा अनुसार लोकेशन चयन गर्न उनी दिन रात भौतारिरहेका छन् । नायिका रेखा थापासंग मिलेर निर्माण गर्न लागेका आफ्नै प्रोजेक्टलाई उत्कृष्ट बनाउन उज्ज्वलले एक हप्ता लखनउ र नैनीतालमा बिताएका थिए ।

पिताको देहान्तभएको कारण यो बर्षको दशै टिका लगाउन नपाएका उज्ज्वलले दशैको सदुपयोग सुटिङ्ग लोकेशन विताएका हुन । उनी भोली शुक्रबार नेपालगञ्जबाट काठमाण्डौ फर्किदैछन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger