Home » » 'मुनामदन'को च्यारिटी शो

'मुनामदन'को च्यारिटी शो

Written By ram dhakal on Friday, October 29, 2010 | 4:54 PM


ठकुरी महाँसंघ नेपालको भवन निर्माणार्थ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा अधारित चलचित्र 'मुनामदन'को च्यारिटी शो गरिने भएको छ ।

आठ बर्षअगाडी निर्माण भएपनि राम्रोसंग प्रदर्शनको पालो नपाएको सो चलचित्रको च्यारिटी आगामी कात्तिक १८ गते बिहिबार मध्यान्न १२ बजे कमलपोखरी स्थित रूसी सास्कृतिक केन्द्रमा गरिने निर्माता नवराज ढकालले फिल्मीखबरलाई जानकारी दिएका छन् ।

सो चलचित्रको कथा अनुसार नायिका उषा पौडेल मुना बनेकी छिन् भने दीपक त्रिपाठीले मदनको भूमिका निर्वाह गरेका छन् । मुनामदन दीपक र उषाको पहिलो फिल्म हो ।

एनबिए चलचित्रको ब्यानरमा ज्ञानेन्द्र देउजाले निर्देशन गरेको २ घण्टा ४५ मिनेटको सो चलचित्र मोफसलका केही हलहरूमा चलिसको छ । केही बर्षअगाडी मोफसलको प्रदर्शनबाट निकै राम्रो प्रतिक्रिया पाएको सो चलचित्रमा नीर शाह, बिजय लामा तथा सुभद्रा अधिकारीले जीवन्त अभिनय गरेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger