Home » » ककनीको डाँडामा 'चाडै आऊ है'

ककनीको डाँडामा 'चाडै आऊ है'

Written By ram dhakal on Wednesday, October 27, 2010 | 7:11 PM


निर्देशक दीपक रायमाझीले आफ्नै कथामा आधारित चलचित्र 'चाडै आऊ है' को निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

तीन महिना अघि मुहुर्त गरिएको सो चलचित्रको छायाकंन गएको कात्तिक ८ गते देखि सुरू गरिएको हो । बुधबार सो चलचित्रको छायाकंन ककनीको डाँडामा गरिएको छ । वेभ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सो चलचित्रमा सुमन सिहँ, आयुब केसी र निता ढुङ्गाना प्रमुख भूमिकामा रहेका छन् ।

नयाँ स्र्टाईलको क्लाईमेक्स सिन राखिने सो चलचित्रलाई छुट्टै फेल्वेवरमा निर्माण गरिन लागेको निर्देशक रायमाझीले फिल्मीखबरलाई जानकारी दिए । रायमाझीले बताएअनुसार तिहार सम्म ककनीका विभिन्न गाँउका सिनहरू छायाकंन गरिने छ भने तिहार पछी काठमाण्डौमा छायाकंन सुरू गरि मंसिरको दोस्रो साता सम्म सुटिङ्ग प्याकअप गरिने छ ।

२३ बर्षअघि पहिलो पटक भाग्य रेखा चलचित्र निर्देशन गरेका रायमाझीको यस चलचित्रमा चेतन सापकोटाको संगीत, दिव्या सुवेदीको छायाकंन तथा राजु शाहको नृत्यलाई समावेश गरिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger