Home » » दर्शकको आँखामा छारो हाल्ने प्रयास

दर्शकको आँखामा छारो हाल्ने प्रयास

Written By ram dhakal on Monday, October 25, 2010 | 8:01 PM

चलचित्र राम्रो होस वा नहोस तर त्यसको सफल ब्यापारका लागि पब्लिसिटी पोष्टरमा दर्शकलाई झुक्याउने प्रयास नेपाली चलचित्र उद्योगमा दिनानुदिन बढ्दै गईरहेको छ ।

उसैत केही नेपाली निर्माता र निर्देशकहरूले दर्शकबाट सय रूपैयाको टिकट बराबरको मनोरञ्जन दिन नसकेको आरोप खेप्दै नआएका हैनन् तर भालुलाई जति पुराण सुनाएपनि त्यो कुनै अर्थ नरहेको भन्ने कुरालाई फेरी एक पटक बाध्य भएर यहाँ दोर्‍याउनु परेको छ ।


कुरा उठाउँ गएको शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र गुरूदक्षिणाको । जुन चलचित्रको निर्देशन रामराजा दाहालले गरेका छन् । नयाँ निर्देशक भनेर मिडियाबाट केही माया पाएका दाहालले त्यो मायालाई आफ्नै पैतलाले कुल्चिदिएका छन् । दर्शक फिल्म हेर्न हलसम्म जाउन भन्ने हेतुले उनले डिजाईन गर्न लगाएको दुई वटा पब्लिसिटी पोष्टरमा दर्शक झुक्याउने कोषिस गरिएको छ ।


पूर्व जन्मको कथालाई सामान्य शैलीमा प्रस्तुत गरिएको सो चलचित्रको ग्लयामर पब्लिसीटिका लागि हुदै नभएको दृश्य राखेर दर्शकलाई नराम्ररी झुक्याईएको छ । कसरी दर्शकलाई झुक्काईएको छ त त्यो पोष्टरमा ? पढ्नुहोस.....एउटा ठूलो पोष्टर छ, जहाँ बीचमा साधु बनेका नायक राजेश हमाल छन्, त्यहाँ सम्म ठीक छ, तर राजेशको दायाँ बायाँ रहेका दुई हिरो रमित ढुङ्गाना र राजबल्लभ कोइरालाले एउटै शैलीमा आ-आफ्नी हिरोइन संचिता लुइटेल र सुस्मा कार्कीलाई रातो गुलाव दिएका छन् । लाग्छ की त्यो गुलाव हेर्दा चलचित्र लभस्टोरीमा आधारित छ । तर प्रिय पाठकहरू त्यो तस्बिर देखि नझुक्किनु होला । किन कि त्यो दृश्य फिल्ममा कहिँ पनि तपाईले भेट्नु हुन्न ।

यस्तै पब्लिसिटीका लागि निर्देशक रामराजाले तयार गर्न लगाएको अर्को पोष्टरमा फेरी नायक हमाल बीचमा छन् तर दायाँ बायाँ नायक द्धय राजबल्लभ कोइराला र रमित ढुङ्गाना चेस खेलेको देखाईएको छ । चलचित्रमा चेस खेलेको दृश्य धेरै छन् तर रमित र राजले संगै चेस भने खेलेका छैनन् ।


फिल्मको कथा अनुसार अमर (राजबल्लभ कोइराला) पञ्चायतकालका युवा विद्यार्थी हुन्छन् । विभिन्न घटनाले उनले पञ्चायतीको आक्रमणबाट जीवन गुमाएका हुन्छन् तर समय वित्ने क्रममा एक महिलाको कोखबाट अमरको पुर्नजन्म हुन्छ । पुर्नजन्म हुदाँ अमर जय नाम गरेको युवक अर्थात रमित ढुङ्गानको भेषमा हुन्छन । चलचित्रका सुरूवातमा राजबल्लभलाई देखाईन्छ भने उनको मृत्यु पछी रमितको उपस्थित चलचित्रमा हुन्छ । उनीहरूको भेट प्रत्यक्ष कहिलै हुदैन । किन कि अमर बनेका राजबल्लभको मृत्यु रमितको जन्म पहिले नै भईसकेको हुन्छ ।

यसरी पब्लिसिटी पोष्टरमा चेस खेलेको झुठो दृश्य देखाईनु, नभएका ग्ल्यामर दृश्य देखाएर दर्शकलाई ठग्दै हल सम्म लैजानुले निर्देशक माथि दर्शकले प्रश्न उठाउन सक्छन् । त्यसैले निर्देशक ज्यू फिल्म चलाउने बहानामा दर्शक ढाट्ने काम अब देखि नगर्ने कि ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger