Home » » हिर्काउँला फूलले ठ्याक्क ठ्याक्क

हिर्काउँला फूलले ठ्याक्क ठ्याक्क

Written By ram dhakal on Saturday, October 30, 2010 | 2:55 PM


केहि बर्ष अगाडी लौरीले ठ्याक्क, ठ्याक्क गर्दै दर्शक, स्रोतालाई संगीत र स्वरले हिर्काउन सफल गायक बाबु बोगटी अहिले भने फूलले हिर्काउन कस्सिएका छन् ।

संगीतको दुनियाँमा राम्रो छबि बनाएका यि गायकले पहिलो पटक अभिनय गरेको चलचित्र 'बाटो मुनिको फूल' आगामी मंसीर ३ गतेबाट देशभर प्रदर्शन हुँदैछ । उनी सँगै अर्का गायक यश कुमार पनि यसै चलचित्रबाट नायक बनेका छन् ।


'सान्नानी तिमीलाई हिर्काउँला लौरीले ठ्याक्क, ठ्याक्क, ठ्याक्क...' बोलको गीतबाट नै चर्चामा आएका गायक बाबु बोगटीको रहर चलचित्रमा नायक बन्नु थियो । हुनत उनले यसभन्दा अगाडी केहि म्युजिक भिडियो, टेलिचलचित्र र एउटा छोटो चलचित्रमा अभिनय नगरेका हैनन् तर पनि उनमा ठूलो पर्दाको चलचित्रमा नायक बनेर दर्शक सामु उपस्थित हुन ठूलो रहर थियो । उनको त्यो रहर निर्देशक तथा लेखक सुरज सुब्बले चलचित्र 'बाटो मुनिको फूल' मा अभिनय गराएर पूरा गरिदिए ।

लौरीले हिर्काउँदा त बाबुसँग थुप्रै संगीतप्रेमीहरू खुसी भए । अहिले त उनी दर्शकहरूलाई फूलले हिर्काउने तयारी गर्दैछन् । लौरीले हिर्काएर दर्शक खुसी बनाउन सक्ने बाबु अब फूलले हिर्काउँदा कत्तिको सफल होलान ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger