Home » » नम्रता र दीलिप एउटै ओच्छ्यानमा

नम्रता र दीलिप एउटै ओच्छ्यानमा

Written By ram dhakal on Tuesday, October 26, 2010 | 2:12 PM

जोरपाटीको घरमा नायक दीलिप रायमाझी र नायिका नम्रता श्रेष्ठलाई एउटै ओच्छायानमा सुतिरहेको अवस्थामा फेला पारिएको छ । निकै राम्रो साडीमा सजिएकी नम्रता र दीलिपको निधारमा रातो अक्षताको डाम पनि थियो ।

अक्षताको त्यो डामलाई झट्ट हेर्दा लाग्थ्यो उनीहरूले मन्दिरमा सुटुक्क बिवाह गरे तर त्यो खबर भने फिल्म इन्डस्ट्रीजमा कसैलाईपनि थाहाँ हुन सकेको छैन । कोठा चिटिक्क थियो । झ्यालका पर्दाहरू सबै झारिएको थियो । बेड देखि तन्न सबै नयाँ थिए । छेउमै एक जोर परेवाको स्टाचु थियो साथमा बासबाट निर्मित सानो हस्तकले मन्दिर पनि ।


ब्ल्याङकेट ओढेर ओच्छयानमै आधा निद्रामा रहेका दीलिपले नम्रतालाई ज्यासी भनेर बोलाउदै थिए । आफनो नाम समेत परिवर्तन गरिदिएका दीलिपको ब्यबहार प्रति नम्रताले निकै आक्रोस पोखी रहेकी थिइन् । उनी भन्दै थिइन् 'मलै रक्सी खाएको बेलामा केही पनि देख्दिन् , तर त्यो जान्दा जान्दै पनि तिमिले यो सब गर्‍र्यो ? ' लाग्थ्यो त्यो सम्बाद सुन्दा उनीहरूले विबाह गरेका छैनन् तर रात भने एउटै ओच्छयानमा उनीहरूले काटेका हुन ।

वास्तविक जीवनमा बिवाह बन्धनमा बाधिसकेका नायक दीलिप रायमाझी र अविबाहित नम्रता एउटै ओच्छयानमा भेटिनु र नम्रताको त्यो सम्बादले दीलिप र नम्रताको सम्बन्धबारे विविध प्रश्न उब्जाएको छ । सुत्ने बेलामा एउटै ओच्छयानमा सुत्ने अनि ब्यूझिएपछी दीलिपलाई किन नम्रताले गाली गरिन त ? रक्सीले मातिएको अवस्थामा त्यो रातमा नम्रता र दीलिपबीच के के भयो ? त्यो भने चलचित्र 'मिस यू' को प्रदर्शनपछी नै थाहाँ होला ।

माथिका ती सवै घटना बास्तविक नभई छायाकंनको क्रममा चलचित्रको विविध दृश्यमा नम्रता र दीलिपले अभिनय गरेको एक अंश हो । ७० प्रतिशत मलेसियामा छायाकंन गरिएको सो चलचित्रको बाकी छायाकंन मंगलबार देखि काठमाण्डौमा सुरू गरिएको छ ।

नायक दीलिप रायमाझीले निर्माण गरेको सो चलचित्रलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् । विदेशमा रहेका नेपालीहरूमा पनि आफ्नो देश प्रतिको संस्कृति मोह, सामान्य प्रेम कथा तथा विविध बिषयलाई आधार बनाएर निर्माण गरिएको सो चलचित्रको छायाकंन नेपालमा पहिलो पटक आज मंगलबार देखि सुरू गरिएको हो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger