Home » » घिमिरे दम्पति सम्पर्क विहिन

घिमिरे दम्पति सम्पर्क विहिन

Written By ram dhakal on Wednesday, October 27, 2010 | 7:10 PM

होम प्रोडक्सनको चलचित्र 'वीरताको चिनो' प्रामोशनका लागि एक महिनाको प्याकेजमा लण्डन गएकी नायिका ऋचा घिमिरे तथा उनका पति एवमं निर्देशक शंकर घिमिरे सम्पर्क विहिन भएका छन् ।


इमेल तथा फेसबुक मार्फत दशैको टिकको भोली पल्ट नेपाल फर्कने बताउदै आएका घिमिरे दम्पति नेपालमै छन् वा लण्डनमै त्यसको कुनै अत्तो पत्तो छैन । हरितालिका तीज अघि सो दम्पत्ती लण्डन गएका थिए ।

पूर्ण रूपमा दशै सकिएको चार दिन भईसक्दा पनि उनीहरूको चारवटा मोबाईल अन छैन । लण्डनको एक महिने बसाईको क्रममा फेसबुकमा अपडेट भईराख्ने घिमिरे दम्पत्तीले गएको असोज ३० गतेबाट कुनै अपडेट पनि गरेका छैनन् ।


सम्पर्क विहिन अवस्थामा रहेको उनीहरू अहिले के गर्दैछन्?, कहाँ छन् ? केही पनि थाहा हुन सकेको छैन । पछिल्ला चरणमा विदेश जाने बहानामा थुप्रै कलाकारहरू विदेश पलयान भएको थुप्रै उदाहरण नेपालमा नदेखिएका हैनन्। के घिमिरे दम्पति पनि धेरै पैसा कमाउने आशमा लण्डनमै हराए त ? कि सञ्चार माध्यममा नआउने भनेर सम्पर्क बिहिन भए ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger