Home » » युवा संघले 'दासढुंगा' प्रर्दशन गर्ने

युवा संघले 'दासढुंगा' प्रर्दशन गर्ने

Written By ram dhakal on Friday, October 29, 2010 | 4:40 PM


युवा संघ नेपाल तनहूँ जिल्ला कमिटीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय दुर्घटनामा आधारित चलचित्र 'दासढुङ्गा'को च्यारेटी सो गर्ने भएको छ ।



तोकिएको समयमा संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जनताको तर्फबाट खबरदारी गर्ने उद्देश्यले दासढुङ्गा प्रर्दशन गर्न लागिएको संघका अध्यक्ष ऋषिराम भुषालले बताए । यही कार्तिक १२ गते मनकामना डिजिटल चलचित्र मन्दिरमा गरिने सो च्यारेटी सो को टिकट दर १ हजार ५ सय र २ सय रुपैयाँ रहेको छ ।



मनोज पण्डितको निर्देशन रहेको सो चलचित्रमा दासढुंगा हत्याकाण्ड पछिका राजनीतिक घटना क्रम हत्याकाण्डका छानविन आयोगहरुको प्रतिवेदन र हत्याकाण्डका प्रमुख आरोपित चालक अमर लामाको हत्या सम्मका घटनाहरु समावेश गरिएको छ । चलचित्रमा अनुप बराल, दयाहाङ राई, सञ्चिता लुईटेल, सौगात मल्ल, जननेता मदन भण्डारीका भाई मोहनकुमार भण्डारी लगायतको अभिनय रहेको छ ।



यसैगरी चलचित्र प्रदर्शनकै लागी निर्माता अपिल बिष्ट अहिले पेरिस पुगेका छन् । चलचित्र युरोपका मुख्य देशहरुमा दासढुंगा प्रदर्शन गरिने निर्माता बिष्टको भनाई छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger