Home » » पत्रकार गिरी मोटरसाइकल दुर्घटनामा

पत्रकार गिरी मोटरसाइकल दुर्घटनामा

Written By ram dhakal on Friday, October 29, 2010 | 3:24 PM

नेपाल समचारपत्रमा कार्यरत रंग पत्रकार विदुर गिरी मोटरसाइकल दुर्घटनामा परेका छन् ।


ढिलो गरी प्राप्त समाचार अनुसार गएको मंगलबार बेलुकी साढे ४ बजेको समयमा सोल्टीमोडमा रोकिराखेको बा .१८. प. ५६२४ नम्बरको उनको मोटरसाइकललाई तीब्र गतिमा पछाडीबाट आएको बा.१४ प. ५३३४ नम्बरको एफ जेट मोटरसाइकलले ठक्कर दिएको थियो ।
झण्डै दुई दशक यता रंगपत्रकारिता गरिरहेका गिरीको बाँया खुटा भाचिएको छ । जोरपाटी स्थित अर्थोपेडिक अस्पतालमा उपचारार्थ गिरीको बिहिबार शल्यक्रिया पनि गरिएको छ ।


शल्यक्रिया बुधबार गर्ने भनिएता पनि उनमा मधुमेह बढेकोले शल्यक्रिया बिहिबार मात्र गरिएको गिरीकी धर्मपत्नी गीता गिरीले जानकारी दिईन् । उनी केही दिनमा डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ ।

फिल्मीखबर डटकम परिवार घाईते गिरीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger