Home » » मल्टिप्लेक्स बन्दै कलंकी र गंगा

मल्टिप्लेक्स बन्दै कलंकी र गंगा

Written By ram dhakal on Monday, October 25, 2010 | 7:54 PM

राजधानीमा विगत पन्ध्र बर्षदेखि सिंगल स्क्रीन संञ्चालनमा रहेका दुई सिनेमा भवन कलंकी सिनेमा प्रालि र गंगा चलचित्र मन्दिर पल्टिप्लेक्समा रूपान्तर हुने भएका छन् ।


सिगंल स्क्रीनमा ६ सय सिट क्षमताको कलंकी सिनेमा प्रालिले एसि सहित थप २ सय सिट क्षमताको अर्को भवन निर्माण कार्यलाई तिब्रता दिएको छ । हाल सम्म ७० प्रतिशत निर्माण कार्य सम्पन्न सो हल निकै स्टयार्ण्डड हुने प्रोप्राईटर मदन शाक्यको भनाई छ ।


यस्तै बालाजुमा रहेको ६ सय सिट क्षमताको गंगा चलचित्र मन्दिरमा पनि सुबिधा सम्पन्न हिसाबले ३ सय ५० सिट क्षमताको अर्को भवन निर्माण कार्यलाई अन्तिम रुप दिईरहेको छ । सञ्चालक मदनमान बर्ज्रचार्यले दिएको जानकारी अनुसार नयाँ भवनको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ ।


सिंगलबाट मल्टिप्लेक्समा परिवर्तन हुन लागेका ती दुवै हलको उद्धघाटन चलचित्र 'हासि देऊ एक फेर' को प्रदर्शनमा मितिमा गरिने बताईएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger