नेपाली चलचित्र उद्योगमा द्धन्द्ध तथा कला निर्देशकको रूपमा परिचित गोपाल भुटानीको अवस्था चिन्ताजनक रहेको छ ।
अल्सर रोगी ७८ बर्षे भुटानी गएको बुधबार भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका थिए । करिब अढाई महिना देखि सुप समेत खान नसक्ने अवस्थामा रहेका भुटानीको स्वास्थ्यमा कुनै सुधार हुन नसक्दा अस्पताल प्रशासनले उनलाई घर फर्काईदिने निर्णय समेत गरेको छ । बिरामी भईरहेको अवस्थामा उनी बिहिबार बिहान डिस्चार्ज हुदै छन् ।
सन्ठी जस्तो सुकेको उनको शरिरमा अब हाड र छाला बाहेक केही छैन् । आखा पनि मधुरो गरी हेर्छन उनी, बोलीमा कुनै दम छैन भुटानीको । मौन आशुले अस्पतालको पुरै सिराने भिजिसकेको छ उनको ।

अस्ताउदा सूर्य भइसकेका भुटानीको स्वास्थ्य अवस्था बुझ्न यत्रो चलचित्र उद्योगबाट एक जना निर्देशक किशोर राना मात्र गएका रहेछन् । २०२९ सालमा 'मनको बाघ' चलचित्रबाट नेपाली रजतपट प्रवेश गरेका भुटानीले पछिल्लो पटक शिवजी लामिछानेको चलचित्र 'जलजला' मा काम गरेका थिए ।
मान्छे समेत ठम्याउने अवस्थामा नरहेका भुटानीले अस्पतालको शैयाबाट भन्दै थिए 'जिन्दगीमा सव थोक खानु , तर हरेश कहिल्यै नखानु ।' अल्सर रोगी भुटानीलाई बचाउन सिबि गुरूङ भन्ने ब्यक्तिले एक हप्ता अघि अस्पताल भर्ना गरिदिएका हुन । गुरूङनै त्यो ब्यक्तिहुन जसले भुटानीलाई साह्रो गाह्रो पर्दा निरन्तर सहयोग गरिराख्छन् ।
अस्पतालले समेत माया मारेको भुटानी काठमाण्डौको स्वम्भुनाथको दाया पट्टी रहेको सुकुम्बासी खोल्सो किनारमा २ बर्षयता एक्लै बस्दै आएका छन् । बिहिबार बिहान अस्पालले डिस्चार्ज गरेपछि पुनः उनी आफ्नो स्वप्न महल त्यो झुपडीमा प्रवेश गर्दैछन् तर त्यो महलमा उनी कति दिन रहन्छन त्यो भने केही भन्न सकिने अवस्था छैन् ।
यस्तै गएको दशैमा भुटानीसंगको अर्न्तवार्तामा तयार पारिएको फिचर पढ्नका लागि तलको लिकंमा
क्लीक गर्नुहोला ।
No comments:
Post a Comment