Home » » प्रशान्तलाई विबाह गर्न हतार

प्रशान्तलाई विबाह गर्न हतार

Written By ram dhakal on Monday, October 25, 2010 | 8:03 PM

गायकबाट नायकको छवि बनाउदै गरेका इन्डियन आईडियल प्रशान्त तामाङले आफुलाई विबाह गर्न निकै हतार भएको बताएका छन् ।

सोमबार आफु अभिनित पहिलो चलचित्र गोर्खा पल्टनको प्रेस मिटमा भेटिएका प्रशान्तलाई अफएयरको हल्ला निकै सुनिन्छ नि,कहिले गर्नु हुन्छ बिवाह भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने 'एक दमै छिटो भन्दा नि छिटो,तपाईहरूलाई भन्दा धेरै हतार मलाई छ ।'

इन्डियन आइडियल बनेपछी बैङलोरमा आयोजित एउटा कार्यक्रममा सहभागी हुने क्रममा उनले आफ्नी भावी जीवनसाथी फेला पारेका रहेछन् । कलकत्ताकी ती युवती के गर्छिन त भन्ने फिल्मीखबरको अर्को प्रश्नमा तामाङ भन्छन् 'उनी एयर होस्टेज हुन ।'

सकभर यहिँ बर्षभित्र विबाह गर्ने सुरसार कसेका तामाङले गोर्खा पल्टनका अलवा थप दुई चलचित्र 'अंगालो यो मायाको' र 'किन मायामा' अभिनय गरिसकेका छन् । उनको पहिलो चलचित्र 'गोर्खा पल्टन' यहिँ आउदो कात्तिक १९ गतेदेखि देशव्यापी प्रदर्शन हुदै छ ।

विबाहको मौसम अर्थात मंसिर आउन अब एक महिना मात्र बाकी छ । के हो प्रशान्त जी धेरै हतार भए आउदो मंसिरमै बाजा बजाउने कि ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger